कैलालीकाे घोडाघोडी १२ मा नेपाली कांग्रेस प्यानलसहित विजयी

Copy to clipboard
Copied!

धनगढी- कैलालीको घोडाघोडी नगरपालिकामा नेपाली कांग्रेसले विजयी यात्रा सुरु गरेको छ।

नगरपालिका-१२ को वडाध्यक्षमा कांग्रेसका उम्मेदवार राम दुलारे चौधरी पूरै प्यानलसहित विजयी भएका हुन्। उनले ८ सय २६ मत ल्याए।

महिला सदस्यमा सुनिता चौधरीले ८ सय ४३, दलित महिला सदस्य माता देवी दमाईले ८ सय २२, सदस्यद्वय गोपुल दास डगौरा चौधरी ८५१ र रामनाथ चौधरी ७९० मत ल्याई विजयी भए।

जेठ १, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्