कैलालीको जोशीपुरमा रेशम चौधरीको पार्टीको अग्रता

Copy to clipboard
Copied!

धनगढी – कैलालीको जोशीपुरमा पहिलो चरणको मत परिणाम प्रकाशित भएको छ। ढकिया चुनाव चिह्न भएको रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले अग्रता लिएको छ।

वडा नं. १ को ६ सय १० मत गणना भएको छ। जसमध्ये गाउँपालिका अध्यक्षमा सुर्य चिन्हले ४४, रुखले ११२, छाताले १६, हलोले १५०, नमस्कारले १ र ढकियाले सबैलाई लिड गर्दै १७० मतप्राप्त गरेको छ। ११७ मत बदर भएको छ।

त्यसैगरी गा.पा.. उपाध्यक्षमा सूर्य ३१, रुख १२६, हँसिया हथौडा ५०, छाता ७, हलो ७४ र यसमा पनि ढकियाले लिड गर्दै १७३ मत प्राप्त गरेको छ। जसमा १४९ मत बदर भएको छ।

वडा अध्यक्षतर्फ सूर्य ८१, रुख १०१, छाता ३, हलो ५८, खरायो २६, कैचि ९४ र यसमा पनि ढकियाले सबैलाई लिड गर्दै १७१ मत प्राप्त गरेको छ। ७६ मत भने बदर भएको छ।

महिला सदस्यतर्फ सूर्य ४३, रुख ११३, हलो ८६ र ढकियाले १८३ मत प्राप्त गरेको छ। बदर मत भने १८५ रहेको छ।

दलित महिलातर्फ सूर्य ३९, रुख ११४, हलो ८० र ढकिया १८६ मत प्राप्त गरेको छ। १९१ मत बदर भएको छ।

खुल्लातिर एक चिन्ह भएको वडा सदस्यतर्फ सूर्य ९२, रुख १०३, हलो ७८ र ढकियाले १८१ मत प्राप्त गरेको छ। १५५ मत भने बदर भएको छ।

खुल्लातिर दुई चिन्ह भएको वडा सदस्यतर्फ सूर्य ४७, रुख १००, छाता १, हलो १०० र ढकियाले १७६ मत प्राप्त गरी अग्रस्थानमा रहेको छ। बदर मत १८७ रहेको छ।

बैशाख ३१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्