एक हजार मत गन्दा टीकापुरमा रेशम चौधरीको पार्टीको अग्रता कायमै

Copy to clipboard
Copied!

धनगढी – कैलालीको टीकापुर नगरपालिकामा रेशम चौधरीको दल नागरिक उन्मुक्ति पार्टीले अग्रता लिएको छ।

एक हजार मत गणना हुँदा मेयरमा नागरिक उन्मुक्ति पार्टीका रामलाल डगौराले ३४५ मत ल्याएका छन्। यस्तै एमालेका श्याम खत्रीले १७३ र नेपाली कांग्रेसका नवराज रावलले १३९ मत ल्याएका छन्।

यस्तै उपमेयरमा पनि नागरिक उन्मुक्ति पार्टीकै अग्रता छ। उक्त पार्टीकी उल्कादेवी विश्वकर्माले ३१५, माओवादीका खडक शाहले १४४ र एमालेकी उपमा केसीले १११ मत ल्याएकी छन्।

बैशाख ३१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्