कैलालीकाे कैलारी गाउँपालिकामा राप्रपाकाे अग्रता

Copy to clipboard
Copied!

धनगढी- कैलालीको कैलारी गाउँपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले सुरुवाती अग्रता बनाएको छ।

थारु बहुल सो गाउँपालिकाको वडा नम्बर १ को ५०० मत गणना गर्दा अध्यक्षमा राप्रपाका उम्मेदवार होमबहादुर गुरुङले १८३, नेपाली काङ्ग्रेसका राजसमझ चौधरीले १४०, नेकपा माओवादी केन्द्रका लाजुराम चौधरीले १०० मत प्राप्त गरेका छन्।

यसैगरी, नेकपा एमालेका झुमा चौधरीले २४ मत प्राप्त गरेका छन्। यस पालिकामा २०७४ काे निर्वाचनमा माओवादी केन्द्रका लाजुराम चाैधरीले जितेका थिए।

बैशाख ३१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्