सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम जेठ २२ गते

Copy to clipboard
Copied!

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ २२ गते प्रस्तुत हुने भएको छ।

सोमबारदेखि शुरु भएको प्रदेशको दशौं अधिवेशनअन्तर्गत पाँचौँ बैठकमा प्रदेश प्रमुख देवराज जोशीले जेठ २२ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरिएको छ ।

बिहिबार बसेको बजेट अधिवेशनको चौथो बैठकमा सभामुख अर्जुनबहादुर थापाले जेठ २२ गते अपरान्ह ४ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्नेबारे सभामा जानकारी दिएका थिए ।

जेठ १९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्