सयभन्दा बढी सेनाका पूर्व जर्नेलसँग राष्ट्रपति भण्डारीको छलफल जारी

फाइल तस्बिर
Copy to clipboard
Copied!

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाका पूर्वअधिकारीहरुसँग छलफल गरेकी छन्।

बुधबार दिउँसो राष्ट्रपति भवन शितल निवासमा सेवा निवृत्त सेनाका उच्च अधिकारीहरुसँग छलफल गरिरहेकी हुन्। राष्ट्रपति कार्यालयले दिउँसो ३ः३० बजेदेखि रिटार्यर जर्नेलहरुसँग छलफल सुरु गरेकी हुन्।

स्रोतका अनुसार भण्डारीले साँझ ६ः३० बजेसम्म समसामयिक विषयमा कुराकानी गर्नेछिन्। त्यसपछि रिटार्यर जर्नेलहरुलाई भोज खुवाउने कार्यक्रम रहेको छ। छलफलमा प्रधानसेनापति प्रभुराम शर्मासमेत सहभागी छन्।

राष्ट्रपति कार्यालयले एक सयभन्दा बढी पूर्व जर्नेललाई निम्ता दिएको छ।

नागरिकता विधेयक फिर्ता गरेपछि थप विवादमा तानिएकी राष्ट्रपति भण्डारीले समाजका विभिन्न पक्षसँग छलफल गर्दै आएकी छन्। अमेरिकासँग एसपिपी सम्झौता नगर्न भूमिका खेलेकी भण्डारीले नागरिकता विधेयक आफूसमक्ष आएपछि थप सक्रियता बढाएकी छन्।

सत्ता गठबन्धनले नागरिकता विधेयक राष्ट्रपतिबाट फिर्ता भएपछि जस्ताको त्यस्तै पुनः प्रमाणीकरणका लागि पठाउने तयारी गरेको छ।

भण्डारीले १५ बुँदे सुझावसहित साउन २९ गते आइतबार विधेयक प्रतिनिधिसभा पठाए पनि सरकारले त्यसमा कुनै हेरफेर नगरी फिर्ता गर्ने गरी प्रतिनिधिसभाले पारित गरेको छ। जसका कारण राष्ट्रपति र सरकारबीच सम्बन्ध चिसिएको छ।

भदौ ८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्