माओवादीले पदाधिकारी टुंगो लगायो, महासचिवमा गुरुङ (सूचीसहित)

पेरिस डाँडा। फाइल तस्बिर।
Copy to clipboard
Copied!

काठमाडौँ – नेकपा माओवादी केन्द्रले पदाधिकारी टुंग्गो लगाएको छ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा शनिबार बसेको स्थायी समिति बैठकले २१ सदस्यीय पदाधिकारी टुंग्गो लगाएको हो।

स्रोतका अनुसार अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ ‘प्रकाश’, उपाध्यक्षमा कृष्णबहादुर महरा, महासचिवमा देव गुरुङ र उपमहासचिवमा वर्षमान पुन, पम्फा भुसाल, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, मात्रिका यादव, हरिबोल गजुरेल रहेका छन्।

यस्तै, सचिवमा दिनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लिलामणि पोखरेल, गणेश शाह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्की र कोषाध्यक्षमा श्रीराम ढकाल प्रशान्त रहेका छन्।

भदौ ४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्