कांग्रेसले भदौ १० देखि ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गर्दै

Copy to clipboard
Copied!

काठमाडौँ – नेपाली कांग्रेसले ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गर्ने भएको छ।

आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनलाई लक्षित गर्दै कांग्रेसले भदौ १० गतेदेखि २४ गतेसम्म उक्त अभियान सुरु गर्न लागेको नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले जानकारी दिए।

कांग्रेसले उक्त अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने जनाएको छ। आइतबार केन्द्रीय प्रतिनिधिका लागि अभिमुखीकरण कार्यक्रम राखिएको छ। अभिमुखीकरण कार्यक्रमपछि केन्द्रीय प्रतिनिधिहरु जिल्ला–जिल्लामा पुगेर अभियान थाल्नेछन्।

कांग्रेसका अनुसार चुनावी अभियान तीन चरणमा सञ्चालन गरिने छ।

पहिलो चरणमा भदौ १० गतेदेखि बिपी जयन्ती भदौ २४ गतेसम्म, दोस्रो चरणमा समानुपातिक उम्मेदवारी दर्तापछि र तेस्रो चरणमा– प्रत्यक्षतर्फको उम्मेदवारी दर्तापछि चुनावी अभियान सञ्चालन हुनेछ।

भदौ ४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्