चीनद्वारा हिमालयका चार उडानमा रोक

फाइल तस्बिर।
Copy to clipboard
Copied!

काठमाडौँ – काठमाडौँबाट कुन्मिङका जाने हिमालय एयरलायन्सका चारवटा उडानमा चीनले रोक लगाएको छ।

काठमाडौँबाट साउन १७ गतेको उडानमा गएका ९ विद्यार्थी र ६ चिनियाँ गरी १५ जना यात्रुमा कोरोना संक्रमण देखिएपछि चीनले उडानमा रोक लगाएको हाे।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार ती यात्रुमा काेराेना देखिएपछि सिभिल एभिएसन अथोरिटी अफ चीनले भदौ महिनाको ७, १४, २१ र २८ गतेका उडानमा रोक लगाएको हो ।

यति एयरलायन्ससँगको सहकार्यमा चिनियाँ लगानीमा नेपालमा स्थापना भएको हिमालय एयरलायन्सलाई चीनले एक महिनाअघि मात्रै सातामा एक दिन मंगलबार काठमाडौँ -कुन्मिङ उडान अनुमति दिएको थियो ।

काेराेनाका कारण चीनले दुई वर्षसम्म अन्तर्राष्ट्रिय उडानमा कडाइ गरेको थियो। चीनले गत महिनादेखस छेन्दु र कुन्मिङका लागि सातामा एक-एक गरी नेपाल उडान खुला गरेको छ।

चीन जाने यात्रुले काठमाडौँमा रहेका चारवटा अस्पतालमा पीसीआर परीक्षण गरेर मात्र यात्रा गर्न पाउँछन्।

साउन ३१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्