सिमकोटको पानीमा भेटियो कोलिफर्म र इकोल

Copy to clipboard
Copied!

सिमकोट – हुम्लाकाे सदरमुकाम सिमकोटको खानेपानीमा मानिसका लागि प्रयोग गर्न अयोग्य जिवाणु कोलिफर्म र इकोली भेटिएको छ।

सिमकोट बजार र वडा नम्बर ५ र ६ का लागि आर्पुती हुँदै आएको खानेपानी योजनाको मुहान, इन्टेक र धाराको पानी परीक्षण गर्ने क्रममा सो जिवाणु भेटिएको हो।

स्वास्थ्य सेवा कार्यालयका ल्याब इन्चार्ज भक्ती फडेराले खानेपानीको ल्याब परीक्षण गर्ने क्रममा कोलिफर्म र इकोली भेटिएको बताए।

सिमकोट खानेपानी योजनाको मुहान, इन्टेक, रिर्जभार ट्याङ्की र घरघरका धाराको पानी परीक्षण गर्ने क्रममा सो जिवाणु देखिएको हो।

जुन जिवाणुमा मानिस र पशुको दिसाको किटाणु देखिएको हो। यसरी सिमकोटको पानीलाई यसअघि परीक्षण गरिएको थिएन।

पहिलो पटक परीक्षण गर्दा सो जिवाणु देखिएको हो। त्यसैगरी सिमकोट-६ को मुग्रधाराको पानी परीक्षण गर्दा सो जिवाणु देखिएको थियो। यता पानी परीक्षण गर्ने स्वास्थ्यकर्मीको टोलीले वडा नम्बर ३ को लाङ्दु गाउँको

खानेपानीको मुहानमा परीक्षण गर्दा नदेखिएको तर ब्यक्तिको घरको धारामा भने देखिएको जनाएको छ।सिमकोट गाउँपालिकाका स्वास्थ्य संयोजक नर भण्डारीले मानिसको लागि प्रयोग योग्य पानी नभएको कारण यसलाई उमालेर वा फिल्टर गरेर मात्र प्रयोग गर्न आग्रह गरे।

हाल सिमकोटमा झाडापखाला, टाईफाईड र आउ जस्ता रोगका बिरामी देखिनुको कारण सो पानी हुन सक्ने उनले बताए। उनले खानेपानीको मुहान, इन्टेकको संरक्षण नगरी खुल्ला भएको कारण पानी दुषित भएको हुन सक्ने बताए। खानेपानी आपूर्ती गर्दै आएको उपभोक्ता सहितलाई मुहान, इन्टेक धाराहरूको संरक्षण कार्य गर्नु पर्ने देखिएको हो।

उक्त पानी आठ हजारभन्दा बढी जनसंख्याले प्रयाग गर्दै आएका छन्। शाखाले यसअघि फिक्स टिक मेशिनबाट ठेहे र डाँडाफया गाउँमा पानी परीक्षण गर्दा उक्त जिवाणु देखिएको भएपनि सो त्यति विस्वासिलो नभएको कारण युनिसेफ नेपालसँग नयाँ मेशिन माग गरेको थियो।

युनिसेफको आर्थिक सहयोगमा सञ्चालित खानेपानी तथा सरसफाई स्वच्छता कार्यक्रम (वास)का संयोजक जंगबहादुर रोकायाले हाल पानी परीक्षण गर्ने वाकटेक मेशिनसहित जनशक्तिलाई तालिम दिएपछि पानी परीक्षणमा सहज भएको बताए।

अब गाउँपालिकाका सबै वडाका बस्तीमा मेशिनसहित जनशक्ति पुगेर परीक्षण गरिने भएको छ। त्योसँगै गाउँपालिकाको स्वास्थ्य शाखाले अब नयाँ खानेपानी योजना निर्माण गर्दा पानीको अनिवार्य ल्याव परीक्षण पछि मात्र निर्माण गरिने जनाएको छ।

साउन १५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्