बँदेलको आक्रमणबाट पश्चिम सुर्खेतमा एक जनाको मृत्यु

सुर्खेत – पश्चिम सुर्खेतको चौकुने गाउँपालिकामा जंगली जनावरको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चौकुने गाउँपालिका–२ का १९ वर्षीय बिक्रम कठायत रहेका छन्।

उनीसहित २५ वर्षीय बम बहादुर कठायत र बिर्ख बहादुर बुढा खसी खोज्नका लागि हिँडेकोमा दानीगौडास्थित जंगलमा बिक्रम कठायत शौच गर्न जान्छु भनी जंगलतिर गएको अवस्थामा जंगली बँदेलले आक्रमण गरेको हो।

उनी कराएको आवाज आएपछि साथमा गएका दुई जना जंगलतिर गएर हेर्दा बँदेलले आक्रमण गरेको अवस्थामा भेटिएका थिए।

 

भदौ १०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्