अनेम संघ ( क्रान्तिकारी) को जिल्ला संयोजकमा कार्की

सिमकोट – नेकपा माओवादीनिकट महिलाहरूको संगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को जिल्ला संयोजकमा कुसुुम कार्की सर्वसम्मत चयन भएकी छन्।

क्रान्तिकारीको जिल्ला भेलाबाट उनी संयोजक पदमा चयन भएकी हुन्।
महिलाहरूको जिल्लास्तरीय भेलाबाट बुढाको संयोजकत्वमा अनेमसंघ ( क्रान्तिकारी ) सर्वसम्मत गठन गरिएको उक्त संगठनकी केन्द्रीय सदस्य जुम्कित लामाले बताइन्।

यसअघि उनी जिल्ला कमिटी सदस्य रहेकी थिइन्। जिल्लाभरिबाट भेलामा सहभागी भएको महिलाहरूले उनको संयोजकत्वमा संगठनको नेतृत्व परिवर्तन गरिएको हो। जसमा सचिवमा तन्जाङ्मु लामा (बबिता) चयन गरिएको छ।

संयोजक चयन भएपछि कार्कीले संगठन विस्तारमा लाग्ने बताइन्। जम्मा ५५ सदस्यीय जिल्ला संयोजन समिति गठन गर्नुपर्नेमा सबै भेग क्षेत्र र समावेशी बनाउनुपर्ने भएकाले विस्तार गर्ने कार्य भइरहेको उनले बताइन्।

यसअघि नौ वर्षदेखि उक्त संगठनका अध्यक्षमा सीता शाही थिइन्। हाल उनी केन्द्रीय सदस्य एवं नेकपा माओवादी केन्द्रकी प्रदेश कमिटी सदस्य रहेकी छन् ।

भदौ १०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्