हुम्लामा एक वर्षमा १४ करोड राजश्व संकलन

Copy to clipboard
Copied!

सिमकोट – हुम्लामा रहेका ११ वटा सरकारी कार्यालयबाट गत आर्थिक वर्ष ०७८/०७९ मा १४ करोड रुपैयाँ राजश्व संकलन भएको छ।

कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख निराजन उपाध्यायका अनुसार जिल्लामा कुल १४ करोड २ लाख ९८ हजार २३७ रुपैयाँ ५९ पैसा राजश्व संकलन भएको हो।

कोष तथा लेखा नियन्त्रण कार्यालयले सबैभन्दा बढी र नापी कार्यालयले सबैभन्दा कम राजश्व संकलन गरेको उपाध्यायले जानकारी दिए। उनका अनुसार कोष तथा लेखा नियन्त्रण कार्यालयले १३ करोड ६६ लाख पाँच हजार ५०६ रुपैयाँ ५१ पैसा राजश्व संकलन गरेको छ भने नापी कार्यालयले ५० हजार ४२० रुपैयाँ राजश्व संकलन गरेको हो।

यसैगरी शिक्षा विकास तथा समन्वय इकाइले १२ लाख २६ हजार रकम राजश्व उठाएको छ भने हिल्सा सडक आयोजनाले ११ लाख ४२ हजार ९५५ रुपैयाँ राजश्व उठाएको छ।

जिल्ला प्रशासन कार्यालयले ४ लाख २५ हजार ७४५ रुपैयाँ, जिल्ला अदालतले २ लाख ८४ हजार २६१ रुपैयाँ, जिल्ला प्रहरी कार्यालयले ६२ हजार, जिल्ला हुलाक कार्यालयले १ लाख १ हजार ७९० राजश्व जम्मा गरेका छन्।

कारागार कार्यालयले ८८ हजार, जिल्ला निर्वाचन कार्यालयले ५५ हजार २५० राजश्व संकलन गरेको छ भने बराहदल गुल्म रानीवनले एक लाख ८३ हजार ७३० राजश्व जम्मा गरेका छन्।

साउन १४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्