स्पेन, रुस र डेनमार्कका लागि राजदूत नियुक्त

Copy to clipboard
Copied!

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले तीन देशको राजदूत नियुक्त गरेकी छन्।

राष्ट्रपति भण्डारीले स्पेन, रुसी महासंघ र डेनमार्कका लागि राजदूत नियुक्त गरेकी राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए।

स्पेनमा शर्मिला पराजुली ढकाल, रुसी महासंघमा मिलनराज तुलाधर र डेनमार्कमा प्रा. डा. रामस्वार्थ रायलाई राजदूत नियुक्त भएका हुन्।

मन्त्रिपरिषदले राजदूतमा सिफारिस गरेपछि उनीहरूको नाम संसदीय सुनुवाइ समितिले सुनुवाइपछि नियुक्तिका लागि अनुमोदन गरेको थियो ।

त्यस्तै, भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्मा भुटानका लागि गैर आवासीय राजदूतमा नियुक्त भएका छन् ।

साउन १०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्