कर्पुखोला जलविद्युत योजना २५६ दिनमै सम्पन्न, हट्यो दियालो र टुकीको बाध्यता

Copy to clipboard
Copied!

सिमकोट – हुम्लाकाे ताँजकोट गाउँपालिकास्थित कर्पुखोला लघु जलविद्युतको निर्माण कार्य सम्पन्न भएपछि विद्युत उत्पादन सुरु भएको छ।

निर्माणका लागि सम्झौता भएर छोटो समयमा काम सम्पन्न हुँदा उपभोक्ताहरूले विद्युत उपभोग गर्न पाएका छन्।

योजनाका लागि बेलायती सेनाको सहयोग रहेको काँधुरी संस्थाका साइट इन्चार्ज लिला राईले ११२ किलोवाट विद्युत उत्पादन क्षमताको योजनाको काम सम्पन्न भएर सेवाग्राहीका घरघरमा विद्युतआर्पूती सुरु भएको बताए।

उनले उक्त योजनाबाट एक सय किलोवाट विद्युत उत्पादनको क्षेमता भएको भएपनि बढी उत्पादन भएको बताए।

अब सेवाग्राहीले यसअघिको सोलार, टुकी र दियालो बाल्नुपर्ने बाध्यताबाट छुटकारा पाएका छन्। यसबाट उक्त गाउँपालिका-३,४ र ५ नम्बर वडाका ९०२ घरधुरीका बासिन्दा प्रत्यक्ष लाभभान्वित भएका छन्।

योजनाका लागि आठ करोड ४४ लाख ९८ हजार ४३८ रुपैयाँ काँधुरी संस्थाले व्यहोरेको र स्थानीय उपभोक्ताहरूले दुई करोड ५५ लाख नौ हजार ६० रुपैयाँ श्रमदान एवं योगदान गरेका छन्।

इन्चार्ज राई लगाएत १८ जना कामदार उक्त आयोजना सम्पन्न गर्न रात दिन खटिएको थियो। योजना सम्पन्न गर्न २५६ दिन लागेको थियो। संस्थाले विद्युत योजनाको निर्माण कार्य पूरा गरेर सञ्चालनमा आएपछि समितिको जिम्मा लगाएर आफू बिदा भएको छ।

स्थानीय जयरुद्र ढकालले लघु जलविद्युत योजनाको सम्पूर्ण काम एक साथ सुरु भएको बताए। उत्पादन बढी र खपत कम भएको बताउँदै उनले यसबाट गाउँपालिकालाई काम गर्न सहज भएको बताए।

उपभोक्ताहरूले बत्ती प्रयोगदेखि विद्युतबाट सञ्चालन हुने सम्पूर्ण कार्यहरू गर्न पाएका छन्। विकास निर्माणमा हुने ढिलासुस्तीका लागि उक्त योजना छोटो समयमा सम्पन्न हुनुले अन्य निकायले यसको अनुशरण गर्नु आवश्यक देखिएको छ।

साउन १०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्