आयोगलाई चुनावी खर्च बुझाउन जनप्रतिनिधिकै आनाकानी

मतगणना। फाइल तस्बिर।
Copy to clipboard
Copied!

सिमकोट – गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेका धेरैले अझै खर्चको विवरण बुझाएका छैनन्। यसरी खर्चको विवरण नबुझाउनेमा निर्वाचित जनप्रतिनिधिसमेत छन्।

निर्वाचन आयोगले पटक–पटक सूचना जारी गरे पनि उनीहरुले खर्च विवरण बुझाउन आनाकानी गरिरहेका छन्।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख मुक्तिनन्द रावलका अनुसार हालसम्म स्थानीय तह निर्वाचनका सातवटै गाउँपालिकाका १८८ जना निर्वाचित जनप्रतिनिधिहरुले समेत निर्वाचन खर्च बुझाएका छैनन्।

हुम्लामा २६७ जना जनप्रतिनिधि छन्। त्यसमध्ये ७९ जनाले मात्रै निर्वाचन खर्चको विवरण बुझाएको देखिन्छ। त्यस्तै निर्वाचनमा पराजित भएका ४५९ जनामध्ये ४९ जनाले मात्रै खर्चको विवरण बुझाएका छन्।

स्थानीय तह निर्वाचनमा हुम्लामा कुल ७२६ जना उम्मेदवार थिए। जसमध्ये १२८ जनाले मात्रै निर्वाचन खर्च बुझाएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ।

साउन ९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्