एक वर्षमा ३३ वटा तटबन्ध, बस्ती र खेतीयोग्य जमिन संरक्षणमा सहयोग

Copy to clipboard
Copied!

सिमकोट – बाढी–पहिरोको उच्च जोखिममा रहेका बस्ती तथा खेतीयोग्य जमिन संरक्षण गर्न एक वर्षमा ३३ वटा तटबन्धका योजना निर्माण गरिएको छ।

खोला किनारमा योजना तर्जुमा गरी तटबन्ध निर्माण सम्पन्न हुुँदा जिल्लाका यस्ता बस्ती र खेतीयोग्य जमिन संरक्षणमा सहयोग पुुगेको हो।

ताँजाकोट गाउँपालिका–२ का बिषे जैशीले ओडारखेत तटबन्ध निर्माण सम्पन्न भएपछि पहिरोको उच्च जोखिममा रहेको बस्ती र खेत संरक्षणमा सहयोग पुुगेको बताए।

तटबन्ध निर्माणका लागि मंसिरमा स्थानीय उपभोक्तासँग सम्झौता भएर असारमा निर्माण सम्पन्न हुुँदा अब गाउँवासी बाढी–पहिरो जाने जोखिमबाट सुुरक्षित भएका छन्।

चंखेली गाउँपालिका–२ का जुना कामीले भने देवकोटा पहिरो नियन्त्रण योजनाले गर्दा सिंगो बस्ती सुरक्षित भएको बताए।
स्थानीयवासीमा बर्खायाममा पहिरो जाने चिन्तामा दैनिकी बिताउने गरेकामा अब भने उक्त समस्यादेखि यस वर्षबाट सुरक्षित महसुुस गर्न थालेका छन्। उक्त तटबन्ध कार्यक्रमबाट बस्तीका साथै धान लगाउने खेतको समेत संरक्षण भएको छ।

भू तथा जलाधार व्यवस्थापन कार्यालय जुुम्लाका प्रमुख शेखर चापाईंले संघीय संरचनाअनुुसार स्थापना भएको कार्यालयले हुुम्ला जिल्लामा पनि आफ्ना कार्यक्रम सुुरु गरेको बताए।

कार्यालयले ०७८।७९ मा मात्र जलाधार संरक्षण कार्यक्रमअन्तर्गत ३३ वटा खोला किनार संरक्षण, पहिरो नियन्त्रण र बस्ती संरक्षणको कार्यक्रम सम्पन्न गरिएको छ।

यसबाट ताँजाकोट, अदानचुली, चंखेली, सर्केगार्ड, खार्पुनाथ र सिमकोट गाउँपालिकामा यस्ता कार्यक्रम सञ्चालन भए पनि नाम्खा गाउँपालिकामा भने उक्त कार्यक्रम सञ्चालन भएको छैन।

यी तटबन्धका योजना निर्माण सम्पन्न भएपछि बस्ती, खेतीयोग्य जमिन र खोला किनार संरक्षणमा सहयोग पुुगेको छ। यी सबै योजना निर्माणका लागि लागत इस्टिमेटअनुुसार बजेट चार करोड १९ लाख विनियोजित भएकामा अन्तिम मूल्यांकनअनुुसार २ करोड ९० लाख लागत लागेको छ। प्रतियोजनाअनुुसार वित्तीय प्रगति भने ६४ देखि ८६ प्रतिशतसम्म भएको छ। हाल यी योजनाको अनुुमगन जुुम्लाबाट हुँदै आएको थियो।

साउन ९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्