कर्णाली करिडोरको हिल्सा–सिमकोट सडकखण्डमा पुल निर्माण ढिलाइ

Copy to clipboard
Copied!

सिमकोट – कर्णाली करिडोरअन्तर्गत हिल्सा सिमकोट सडकखण्डमा पक्की पुल निर्माणमा ढिलाइ भइरहेको छ।

दुुई वर्ष लगातार कोरोनाको प्रभाव र त्यसयता निर्माण कम्पनी पक्षले कामलाई तीव्रता नदिएका कारण चार वटा यस्ता पुल निर्माणमा ढिलाइ भएको हो।

स्थानीय अजबहादुुर शाहीले उत्तरी हुुम्लामा पर्ने हिल्सा सिमकोट सडकखण्डका चार वटा पुुल निर्माण निकै सुुस्त गतिमा भइरहेको बताए।

यी पुुल निर्माण चारदेखि पाँच वर्षयता हुुँदै आएको छ। काम भइरहेको भनिए पनि निकै सुुस्त गतिमा हुने गरेकाले कहिले सम्पन्न हुन्छ भन्न सकिने अवस्था छैन।
सडक निर्माण पूरा भए पनि पुल निर्माणमा भएको ढिलाइका कारण यातायात सञ्चालनमा कठिनाइ हुने गरेको छ।

हेक्पा खोला र ताग्रुु खोलामा पुन निर्माणको जिम्मा लिएको निर्माण कम्पनी सपना धुलिखेल निर्माण कम्पनीमा स्थानीय प्रतिनिधि तेजबहादुुर महतका अनुुसार पहिलो वर्ष सामग्री व्यवस्थापन गर्न, दोस्रो र तेस्रो वर्ष कोरोनाका कारण काम गर्न नसकिएको हो।

अर्को १२ एमएमको छड ढुवानी गर्न समस्या भएकाले पनि काम गर्न ढिलाइ भएको उनले बताए।

अहिले सबै कुरा ठीक भएपछि हाल काम भइरहेको उनले बताए। निर्माण कम्पनीले पनि काम सकिने मिति भने भन्न सकेको छैन। हिल्सा–सिमकोट सडक आयोजनाका योजना प्रमुख वीरेन्द्रकुुमार यादवले हालसम्म सम्पन्न हुनुुपर्ने निर्माण कार्य हुुन नसकेको स्विकारे। उनले यी पुुल ०७५।७६ मा सम्झौता भएको थियो। आयोजनाले करिब पाँच वर्षमा हेक्पा र ताग्र्रु खोलाको पुल निर्माण ३५ देखि ४० प्रतिशत पूरा भए पनि सल्ली खोलाको भने ७० प्रतिशत निर्माण सम्पन्न भएको जनाएको छ।

काम चाँडो सम्पन्न गर्न आयोजनाले बर्सेनि ताकेता गरे पनि त्यसको खासै प्रभाव भने परेको देखिँदैन।

त्यसैगरी, अर्को याङ्गार खोलाको पुल निर्माण सामग्री निर्माण स्थलमा पुुगे पनि काम भने सुरु भइसकेको छैन। यी पुुल निर्माण ढिलो हुनुुमा बहुुवर्षीय योजना भएकाले पनि हो।

त्यसैगरी आयोजनाको दक्षिणी क्षेत्रतर्फ पर्ने खार्पुनाथको खार्पुको पुलको निर्माण कम्पनी छनोट भएर सम्झौता भएको थियो। तर, काम भने अझै सुरु हुन सकेको छैन।

साउन ९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्