अन्डर–१७ मा राष्ट्रिय खेलाडी छनोटका लागि दुुई जना खेलाडी सहभागिता जनाउँदै

Copy to clipboard
Copied!

सिमकोट – नेपालले साफ अन्डर –१७ र एफसी अन्डर –१७ एसियन कपका लागि राष्ट्रिय खेलाडी छनोट गर्ने कार्यक्रमका लागि हुुम्ला जिल्लाबाट दुुई जना खेलाडी सहभागी हुने भएका छन्।

यी दुुवै प्रतियोगिताका लागि जिल्लाबाट पहिलो पटक राष्ट्रिय खेलाडी छनोट खेलमा सहभागिता जनाउन लागेका हुन्।

यसका लागि हाल प्रशिक्षणरत खेलाडीमा राहुुल लामा गोलकिपर र अर्का खेलाडी अहिस रावत जिल्लाबाट छनोट गरेर पठाइएको छ।

उनीहरू दुुवै जना प्रतियोगितामा भाग लिन हुुम्लाबाट काठमडौँतर्फ लागेका छन्। दुुवै जनाले हुम्ला फुुटबल ऐकेडेमीमा एक वर्षदेखि सञ्चालन भइरहेको ग्रासरुट फुटबलको प्रशिक्षण लिँदै आएका छन्। खेलाडी छनोट खेल काठमाडौँमा हुुनेछ।

यी दुवै प्रतियोगितामध्ये साफ अन्डर– १७ सेप्टेम्बर ५ मा श्रीलंकामा र एसियन कप अन्डर–१७ अक्टोबर १ देखि भियानामा हुुँदै छ।

साउन ९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्