संघ र प्रदेशको चुनाव मिति चाँडै घोषणा हुन्छ– प्रधानमन्त्री

Copy to clipboard
Copied!

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा तथा प्रदेशसभाको आसन्न निर्वाचनको मिति चाँडै घोषणा गरिने बताएका छन्।

नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्न शुक्रबार हेटौँडा पुगेका उनले सरकारले आम निर्वाचनका लागि आवश्यक तयारी गरिरहेको  बताए।
प्रधानमन्त्री देउवाले भने–‘सरकार निर्वाचनको तयारीमा जुटिरहेको छ। निर्वाचनलाई स्वच्छ, भयरहित र मर्यादितरुपमा सम्पन्न गराउने गरी कलम चलाइदिनुस् । निष्पक्ष पत्रकारिताले मात्रै मुलुक र लोकतन्त्रलाई सुदृढ बनाउँछ ।’

उनले राजनीतिक स्थायित्वका विषयमा पत्रकारिता जगतले कलम चलाउनुपर्ने आवश्यकता औँल्याए।

प्रधानमन्त्री देउवाले पछिल्लो समय नियोजितरूपमै लाञ्छना लगाउनेक्रम बढेको जनाउँदै निष्पक्ष पत्रकारिताले मात्रै मुलुक र लोकतन्त्रलाई बलियो बनाउने धारणा राखे।

निर्वाचन आयोगले आगामी मंसlर २ गते शुक्रबार संघ र प्रदेशको निर्वाचन एकै चरणमा गराउन सरकारसँग परामर्श गरेको छ।

साउन ६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्