नागरिकता विधेयकबारे प्रचण्डलाई गोकुल बास्कोटाको प्रहार– यति छिटो रंग नबदल्नुस्

फाइल तस्बिर
Copy to clipboard
Copied!

काठमाडौं–नेकपा एमालेका सांसद गोकुल बास्कोटाले सत्ताको लाभ वा घाटाको आधारमा नागरिकता विधेयकबारे निर्णय गर्न नहुने बताएका छन्।

प्रतिनिधिसभामा जारी नागरिकता विधेयकमाथिको छलफलमा भाग लिँदै बास्कोटाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति प्रहार गर्दै यति छिटो छिटो रंग बदल्न नहुने बताएका हुन्।

उनले भने–‘यसमा अब फटाफट आउनुपर्ने कुनै सत्ताको छिनाझपटीको लाभ, वा तत्कालको लाभ घाटाको आधारमा होइन नागरिकताको विषय देशको सार्वभौमिकता भनेकै भूगोल, आकाश र त्यसपछि नागरिकमा छ,’ उनले संसद बैठकमा बोल्दै भने, ‘त्यही कुरामा पनि हामी सरल हुने? मौसमपरस्त हुने? यति छिटो छेपारोले जस्तो रंग नबदलौँ।’

नागरिकतासम्बन्धी प्रावधानमा माओवादी लचिलो बनेपछि विदेशबाट बिहे गरेर आउने बुहारीहरूलाई तत्कालै नागरिकता दिने प्रावधानसहित संसदबाट कानुन पास हुन लागेका बेला बास्कोटाले आक्रोश पोखेका हुन्।

उनले प्रदेशमा पहिचानको विषय राख्नुपर्ने भनिएकोमाथि पनि आपत्ति जनाए।

साउन ६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्