संसदमा नागरिकता विधेयक फास्ट ट्रयाकबाट पारित गर्ने भएपछि अन्य कार्यसूची हटाइयो

फाइल तस्बिर
Copy to clipboard
Copied!

काठमाडौं–नागरिकता विधेयक बाहेकका विषय शुक्रबारको संसदको कार्यसूचीबाट हटाइएको छ । शुक्रबारको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नेपाल नागरिकता पहिलो संशोधन विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने संघीय संसदको सचिवालयले जारी गरेको कार्यसूचीमा उल्लेख छ ।

संसद बैठक अहिले जारी छ। सरकारले नागरिकता विधेयक संसद बैठकबाट फास्ट ट्र्याकमा पारित गर्ने तयारी गरेको छ ।

यसअघि सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विशेष सेवा विधेयक दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्ने, गृहमन्त्री खाँणले कारागार विधेयक २०७८ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने लगायतका विषय पनि थिए।

साउन ६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्