नेपाल- भारत सम्बन्ध नयाँ उचाईमा पुग्नेमा नवनिर्वाचित राष्ट्रपति मुर्मूको विश्वास

फाइल तस्बिर
Copy to clipboard
Copied!

काठमाडौँ – भारतकी नवनिर्वाचित राष्ट्रपति द्रौपदी मुर्मूले आगामी दिनमा नेपाल भारतबीचको सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरेकी छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले ट्वीटरमार्फत दिएको बधाई सन्देशको प्रतिउत्तरमा उनले यस्तो विश्वास व्यक्त गरेकी हुन्।

मुर्मूले ट्वीटरमा लेखेकी छिन्,‘नेपाल र भारतबिचको उत्कृष्ट मित्रता र महान सम्बन्ध छिट्टै नयाँ उचाइमा पुग्नेमा म पनि विश्वस्त छु।’

प्रधानमन्त्री देउवाले उनलाई बधाई दिँदै नेपाल र भारतको द्विपक्षीय सम्बन्ध आगामी दिनमा नयाँ उचाइमा पुग्नेमा आफू विश्वस्त रहेको बताएका थिए ।

भारतको सत्तारुढ गठबन्धनबाट राष्ट्रपति चुनिएकी मुर्मूले विपक्षी गठबन्धनको समर्थन पाएका यसवन्त सिन्हालाई पराजित गरेकी थिइन्।

उनले आइतबारदेखि कार्यभार सम्हाल्ने छिन्। राष्ट्रपति रामनाथ कोविन्दको कार्यकाल आइतबार नै सकिँदै छ।

साउन ६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्