रहेनन् चित्रकार भौकाजी

Copy to clipboard
Copied!

काठमाडौँ –  चित्रकार डा. रामकुमार भौकाजीको आज ७२ वर्षका उमेरमा निधन भएको छ।

प्रोस्टेटको अर्बुदरोगबाट आज बिहान आफ्नै निवास नयाँ बानेश्वरमा उनी दिवंगत भएको उनका भाइ साहित्यकार विमल भौकाजीले जानकारी दिए।

रुसबाट चित्रकला विज्ञानमा विद्यावारिधि गरेका डा. भौकाजीका ‘जुद्धकला पाठशाला’, ‘स्रष्टा कुलमानसिंह भण्डारी’ र ‘नेपाली कलाकारका समस्या’ शीर्षक कृति (नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान, नाफाबाट प्रकाशित) तथा कला, संस्कृति र इतिहाससम्बन्धी थुप्रै लेख पत्रपत्रिकामा प्रकाशित छन्।

विसं २०२९ फागुन २४-२५ मा गृहजिल्ला रामेछाप, साँघुटार बजारमा उनको पहिलो एकल चित्रकला प्रदर्शनी भएको थियो।

ललितकला महाविद्यालयका पूर्वछात्र उनले ‘मेरो नेपाल’ शीर्षकमा विभिन्न ठाउँको दृश्यचित्र रचना गरी थुप्रै प्रदर्शनी पनि गरेका थिए।

अविवाहित डा.भौकाजीले गोरखा भूकम्पपछि वसन्तपुर दरबार, सुन्दरीजल बन्दीगृह, टोखा चण्डेश्वरी, पशुपति विश्वरूप आदिका स्थलगत चित्र पनि तयार गरी प्रकाशनमा ल्याएका थिए।

पशुपति आर्यघाटमा उनको आजै दाहसंस्कार गरिएको छ।

साउन ५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्