भेटिएन जेठ १४ गते रातिको सिसिटिभी फुटेज

Copy to clipboard
Copied!

काठमाडौँ-  अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठकले सिसिटिभी फुटेज फेला पार्न नसकिने निष्कर्श निकालेको छ।

समितिले अर्थ मन्त्रालयको सिसिटिभी फुटेज ‘रिस्टोर’ हुने सफ्टवेयर मगाए पनि केही पनि नभेटिएको एक सदस्यले जानकारी दिए।

यसबारे संसदीय छानबिन समितिले निरन्तर बैठक बसे पनि कुनै निर्क्यौल निस्कन सकेको छैन।

तत्कालीन अर्थमन्त्री शर्माले २०७९/८० को बजेट बनाउने क्रममा अनधिकृत व्यक्ति मध्यरातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोपमा छानबिन गर्न संसदले ११ सदस्यीय संसदीय विशेष छानबिन समिति गठन गरेको छ। संसदीय छानबिन गठन भएसँगै अर्थमन्त्री शर्माले राजीनामा दिएका थिए।

समितिले यसबारे छलफल गर्न अर्थमन्त्री शर्मालाई पनि बोलाउनसक्ने एक सदस्यले देशसञ्चारलाई बताए।

साउन २, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्