संवैधानिक परिषद् विधेयकमाथि टिप्पणी गर्दिनँ: सभामुख सापकोटा

फाइल तस्बिर।
Copy to clipboard
Copied!

काठमाडौँ-  सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रिय सभामा दर्ता भएको संवैधानिक परिषद् विधेयकमाथि कुनै टिप्पणी नगर्ने बताएका छन्।

सोमबार पत्रकारहरुसँग कुरा गर्दै सभामुख सापकोटाले राष्ट्रिय सभामा दर्ता भएको विधेयकमाथि टिप्पणी नगर्ने बताएका हुन्।

संवैधानिक परिषदसम्बन्धी ऐनको प्रावधान जगाउन सरकारले ल्याएको विधेयकप्रति प्रतिपक्षी दल एमालेले विरोध जनाइरहेको छ। राष्ट्रियसभा सचिवालयमा दर्ता भएको विधेयकमा ओली सरकारले ल्याएको अध्यादेशकै निरन्तरता हुने गरी प्रावधान राखिएको छ।

तत्कालीन विपक्षी दलको हैसियतले उक्त अध्यादेशप्रति तीव्र विरोध जनाएको कांग्रेसले राष्ट्रियसभा विधेयक दर्ता गर्दा भने अध्यादेशकै प्रावधानलाई निरन्तता दिएको छ। त्यसप्रति एमाले सांसदहरूले विरोध जनाएका हुन्।

सभामुख आफैँ मुद्दा गएको विषयविरुद्ध अध्यादेश ल्याएको भन्दै सांसदहरुले आपत्ति जनाइरहेका बेला सभामुख सापकोटाले यसबारे कुनै टिप्पणी नगर्ने बताएका हुन्।

यसबारे सभामुखले दर्ता गरेको रिट सर्वोच्चमा अझै विचाराधीन छ।

गत वर्ष वैशाख २१ गते संवैधानिक परिषदको बैठक बस्नका लागि आवश्यक पर्ने गणपूरक संख्या घटाउन गरी केपी ओली सरकारले ल्याएको अध्यादेशलाई शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेपछि साउन ४ गते फिर्ता भएको थियो। यद्यपि ओलीले तीनजना सदस्य उपस्थित भए निर्णय गर्न सक्ने गरी ल्याइएको अध्यादेशलाई देउवा सरकारले शब्द मात्रै फेरेर फेरि राष्ट्रियसभामा दर्ता गराएको छ।

साउन २, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्