आज भानु जयन्ती, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

फाइल तस्बिर।
Copy to clipboard
Copied!

काठमाडौँ – आज नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्म जयन्ती अर्थात् २०९औँ भानु जयन्ती हो।

नेपाली लोक लयमा आधारित नेपाली रामायणका रचनाकार आदिकविको सम्झनामा साहित्यिक गतिविधि आयोजना गरिन्छ।

हरेक वर्ष भानु जयन्तीमा काठमाडौँको रानीपोखरी अगाडि रहेको राष्ट्रिय विभूति भानुभक्तको प्रतिमामा माल्यार्पण गरिन्छ , भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किमलगायत नेपाली भाषा भाषी धेरै रहेका स्थानमा पनि मनाइन्छ।

१८७१ असार २९ गते (आजैका दिन) नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्म भएको हो।

उनका पिताको नाम धनञ्जय आचार्य र माता धर्मावतीदेवी हो। पिता धनञ्जय जागिरे हुँदा भानुभक्तको हेरचाह बाजे श्रीकृष्ण आचार्यबाट भएको थियो।

असार २९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्