राष्ट्रपति रनिङ शिल्डमा छात्रतर्फ भलिबलमा चंखेली गाउँपालिका विजेता

Copy to clipboard
Copied!

सिमकोट- जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत भलिबलमा छात्रतर्फ चंखेली गाउँपालिका विजेता भएको छ।

आज भएको फाइनल खेलमा अदानचुली गाउँपालिकालाई हराउँदै चंखेली गाउँपालिका विजेता भएको हो।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद बोहराले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छात्रतर्फ चंखेली गाउँपालिका विजेता भएको बताए। बेस्ट अफ फाइप खेलाउनुपर्ने खेल वर्षाको कारण बेस्ट अफ थ्रीमा खेलाइएको थियाे।

प्रतियोगिताको द्वितीय स्थानमा अदानचुली र तृतीय सिमकोट गाउँपालिका भएको छ।

प्रतियोगिता पाँच दिनसम्म सञ्चालन भएको थियो। यसअघि छात्रातर्फ भलिवलमा खार्पुनाथ पहिलो भएको थियो।

असार २६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्