राष्ट्रपति रनिङ शिल्डमा छात्रातर्फ भलिबल खार्पुनाथलाई

Copy to clipboard
Copied!

सिमकोट – जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताअन्तर्गतको छात्रातर्फको शिल्स खार्पुनाथ गाउँपालिका विजेता भएको छ। सिमकोट गाउँपालिकालाई पराजित गर्दै खार्पुनाथ पहिलो भएको हो।

शनिबार बेलुुका भएको फाइनल खेलमा छात्रातर्फ खार्पुनाथले सिमकोट गाउँपालिकाको टिमलाई पराजित गर्दै पहिलो भएको हो।

वर्षाको कारण दिउँसो रोकिएको सो प्रतियोगितामा बेस्ट अप थ्री प्रतियोगिता सञ्चालन गरिएको थियो। जसमा सोझो दुुवै सिट खार्पुनाथ गाउँपालिकाले जितेको थियो।

भलिबलतर्फको छात्रामा खार्पुनाथ पहिलो, सिमकोट दोस्रो र चंखेली गाउँपालिका तेस्रो भएका छन्। प्रतियोगितामा जिल्लाका सातमध्ये पाँच वटा गाउँपालिकाको सहभागिता थियो।

विजेता टिमलाई पदक, प्रमाणपत्र, पुुरस्कार तथा शिल्ड वितरण गरिएको थियो।

असार २५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्