खार्पुनाथ गाउँपालिका केन्द्र जाने तुुइन विस्थापित

Copy to clipboard
Copied!

सिमकोट – खार्पुनाथ गाउँपालिका केन्द्र जाने तुुइन विस्थापित भएको छ।

यसअघि गाउँपालिका केन्द्र जान अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतलगायत कर्मचारी र सर्वसाधारण तुुइन तर्दै आएका थिए।

खार्पुनाथ गाउँपालिका केन्द्र याङ्चुु बजार जाने कर्णाली नदीमाथि झोलुुंगे पुल बनेर केही समयअगाडि सञ्चालनमा आएपछि तुुइन विस्थापित भएको हो।
गाउँपालिकाका अध्यक्ष कर्णबहादुुर रावलले अघिल्लो कार्यकाल तुुइन तरेर बिते पनि पछिल्लो कार्यकालको सुुरुमै उक्त तुुइन तर्नुपर्ने बाध्यता हटेको बताएका छन्।

उनले पाँच वर्षसम्म उक्त तुुइन तरेर कार्यालय जानुपरेको थियो। अहिले तुुइनको नजिकै झोलुंगे पुल बनेपछि हाल सो तुुइन विस्थापित भएको हो।

उक्त तुुइनको संरचना राम्रै भए पनि कसैले पनि सो तुुइन तर्ने गरेका छैनन्। विकल्प नभएपछि गाउँपालिकाले लगानी गरेर तुुइन निर्माण गर्नुपरेको थियो।

एक वर्षअघि सरुवा भएर गाउँपालिका पुुगेका प्रमुख प्रशासकीय अधिकृत विष्णुु शाहीले पनि एक वर्षसम्म सो तुुइन तर्नुपरेको थियो। उनीहरू दुवै जना अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतका घर वडा नम्बर ४ को छिप्रा र माझा गाउँमा पर्छ।

यसबाट अब डराई डराई तुुईन तर्नुपर्ने बाध्यता हटेको छ। उक्त तुुईनबाट खसेर तीन जना यात्रुु घाइते भएका थिए भने सामानसमेत नदीले बगाएको थियो। हालको झोलुंगे पुल कोरोना अवधिमा निर्माण सुुरु भई केही महिनाअघि सम्पन्न भएको हो। पुल बनेपछि कुनै पनि समयमा यात्रुुलाई कर्णाली नदी तर्न समस्या देखिएको छैन। पशुुवस्तुुलाई समेत सहज भएको छ।

असार २४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्