सिमकोट बजारमा आरसिसी पिचिङ कार्य अगाडि बढ्यो

Copy to clipboard
Copied!

सिमकोट – सदरमुुकामसमेत रहेको सिमकोट बजार क्षेत्रको आरसिसी पिचिङ कार्य सुुरु भएको छ। बजार ब्यवस्थित बनाउने कार्यअन्तर्गत ढलसहितको आरसिसी पिचिङ कार्यका लागि आवश्यक सामग्री सबै ढुवानी भएपछि काम सुुरु भएको हो।

सिमकोट गाउँपालिकाको सनभ्याली होटल क्षेत्रबाट आरसिसी पिचिङ कार्य धमाधम भइरहेको छ। सडक पिचिङका साथै व्यवस्थित ढल निर्माण पनि सँगै हुनेछ।

पिचिङ निर्माणको जिम्मा पाएको बानिया निर्माण सेवाका स्थानीय प्रतिनिधि पालुु रावतले बिहान ६ बजेबाट बेलुुका ७ बजेसम्म निर्माण भइरहेको जानकारी दिए। चालुु वर्ष दुुई सय मिटर सडक पिचिङ गर्नुपर्नेमा हालसम्म २५ मिटरभन्दा बढी सडकको काम सम्पन्न भइसकेको छ। निर्माण सामग्री सबै निर्माण स्थलमा पुुिगसकेको कारण आठदेखि दश दिनभित्र निर्धारित कार्य सम्पन्न गर्ने जनाइएको छ। आवश्यक सिमेन्ट, छड, बालुुवा, गिट्टी जम्मा भइसकेको र मिग्चर मेसिनबाट मसला घोलेर पिचिङ कार्य धमाधम भइरहेको छ।

यसका लागि २० जनाभन्दा बढी कामदार निर्माण स्थलमा खटिएका छन्। साढे ६ मिटर चौढा सडक पिचिङ गर्ने कार्य भइरहेको हो।

उनले निर्माण सामग्री सबै जम्मा भइसकेकाले अब राति पनि काम गर्ने तयारी रहेको बताए। यो काम निर्माण गर्न सघन सहरी विकास कार्यालय जुम्लाले एक करोड ८५ लाख लागत लाग्ने गरी निर्माण कम्पनीसँग सम्झौता गरेको छ।

वैशाख दोस्रो हप्ता निर्माण कार्यका लागि सम्झौता गरिए पनि हवाई मार्गबाट सिमेन्ट र छड ढुुवानी गर्न समस्या भएको हुँदा काम रोकिएको थियो।

बजार क्षेत्रको मुख्य सडक आगामी आर्थिक वर्षबाट सुुरु हुने भएको छ। यसअघि सनभ्याली क्षेत्रकै १४० मिटर सडक पूर्वाधार विकास कार्यालयबाट पिचिङ भएको थियो भने तल्लो बजार तीन सय मिटर सडक पिचिङ भइसकेको छ।

असार २४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्