ज्येष्ठ नागरिकलाई खर्कमै पुुगेर आयुुर्वेदिक औषधिबाट उपचार

Copy to clipboard
Copied!

सिमकोट – खर्कालुु बसेका ज्येष्ठ नागरिकका लागि अग्ला अर्कमै पुुगेर निःशुुल्क आयुर्वेदिक विधिबाट उपचार गरिएको छ । साठी वर्षभन्दा माथिका नागरिकलाई उपचारमा सहज होस् भन्दै खर्कमा स्वास्थ्यकर्मी पुुगेर शिविर सञ्चालन गरिएको हो।

आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त कविराज कृष्णचन्द्र जोशीका अनुुसार नाम्खा गाउँपालिका–३ को खगालगाउँबाट खर्कमा बस्दै आएका ज्येष्ठ नागरिकका लागि शिविर सञ्चालन गरिएको हो। ज्येष्ठ नागरिकलाई टाढा जान पनि कठिन हुने भएका कारण उनीहरू बस्ने ठाउँमै उपचार गरिएको हो।

उनले दुुई दिनसम्म शिविर सञ्चालन गरेर १०९ जना ज्येष्ठ नागरिकलाई उपचार गरिएको बताए। शिविरमा विशेष गरी बाथ, दम, अम्मलपित्त, छालाको रोग, ज्वरो आउने र दिसा पिसाबसम्बन्धीका बिरामीको उपचार गरिएको हो। शिविरमा निःशुल्क वितरण गरिएका औषधिमा अश्वगन्धा चूर्ण, आमलकी चूर्ण, च्यवनप्रास अवलेह, मायोष्टाइल जेल, कैशोर गुग्गुलु, चन्द्रप्रभा वटी, शिलाजित, ज्येष्ठवासादी चूर्ण, कासारिन, माधुरी सिरप, मृगमदासव, सितोपलादि चूर्ण, ईम्युनोकेयर र महासुदर्शन चूर्ण रहेका छन्। पछिल्लो समय जिल्लामा आयुर्वेदिक उपचार विधिमा बिरामीको आकर्षण बढिरहेका बेला उक्त गाउँका ज्येष्ठ नागरिकलाई खर्कमै पुुगेर उपचार गरिएको हो। शिविर केन्द्रको आयोजनामा सञ्चालन गरिएको हो।

असार २३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्