ताँजकोट गाउँपालिकाको बजेट पारित

Copy to clipboard
Copied!

सिमकोट – गाउँपालिकाले उत्पादन र रोजगारी सामाजिक रुपान्तरण हाम्रो अभियान भन्ने लक्ष्यसाथ ११ औं गाउँसभाद्वारा बुधबार ३० करोड ४९ लाख ५९ हजारको बजेट पारित भएको छ।

भौतिक पूर्वाधार, कृषि, स्वास्थ्य, पर्यटन क्षेत्रलाई प्राथमिकता दिँदै ताँजाकोट गाउँपालिकाको गाउँ सभाद्वारा आगामी आर्थिक वर्षको बजेट पारित भएको हो।

असार १० गते सभामा पेश भए पनि छलफल र केही परिमार्जनसहित गाउँ सभाबाट बजेट पारित भएको हो।

गाउँपालिका अध्यक्ष लालकेश जैसीले बजेटले प्राथमिकतामा पारेका क्षेत्रमा भौतिक पूर्वाधार, कृषि, स्वास्थ्य, पर्यटन वन वातावरण रहेको बताए।

बजेटमा उत्कृष्ट कृषक पुरस्कार, किसानसँग साझेदारी कार्यक्रम, पकेट र ब्लक विकास कार्यक्रम नयाँ तय गरिएका छन्।

त्यसैगरी बजेट तथा कार्यक्रमले गृहिणी तालिम र प्रत्येक वडामा कुटानी पिसानी मिल सञ्चालन गर्ने कुरालाई पनि समेटेको छ। बजेट गत वर्षको दायित्वलाई पनि सम्बोधन गरेको छ। गाउँसभामा पेस भएको बजेटको स्रोतमा संघीय र प्रदेश सरकारबाट प्राप्त विभिन्न शीर्षकको बजेट छ।

जसमा संघीय सरकारबाट वित्तीय सम्मानीकरण शीर्षकमा सात करोड २६ लाख, ससर्त अनुदान ११ करोड ४८ लाख, विशेष अनुुदान एक करोड ६० लाख, समपूरक अनुुदान ७० लाख छ भने प्रदेश सरकारबाट प्राप्त अनुुदानमा प्रदेश सरकार सम्मानीकरणमा ६२ लाख ४२ हजार, ससर्त अनुुदान दुुई करोड १८ लाख साठी हजार र समपूरक अनुुदान एक करोड २५ लाख २६ हजार छ।

बजेट गाउँपालिकाका उपाध्यक्ष सुरेन्द्र थापाले सभामा पेस गरेका थिए। सभामा ३३ जना सदस्यको उपस्थिति थियो।

असार २२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्