मेलमिलापबाट अदालतमा दर्ता भएका मुद्दाको छिनोफानो गर्नेमा जिल्ला अदालत देशकै पहिलो

Copy to clipboard
Copied!

सिमकोट – हुुम्ला जिल्ला अदालत मेलमिलापबाट दर्ता भएका मुद्दाको छिनोफानो गर्नेमा देशमै पहिलो भएको पाइएको छ। आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा हालसम्मको प्रगति विवरण सार्वजनिक गर्दै सो जानकारी गराइएको हो।

जिल्ला न्यायाधीश जगतबहादुुर पौडेलले चालुु आर्थिक वर्षमा जिल्ला अदालतबाट मेलमिलापद्वारा मुद्दा टुंग्याउने कार्य राम्रो अवस्थामा रहेको बताए।

हालसम्म अदालतबाट फैलसा भएका ८० थान मुद्दामध्ये २४ वटा मुद्दा मेलमिलापद्वारा टुंगो लगाइएको छ। यो अनुपातमा हेर्दा चालुु वर्षमा ३० प्रतिशत मुद्दा अदालतद्वारा मेलमिलाप विधिबाट टुुंगो लगाउने कार्य भएको देखिन्छ।

यसरी मुद्दाको टुं्गो लगाएर समान न्याय सम्पादन गर्नेमा देशभरिकै अदालतमध्ये हुुम्ला जिल्ला अदालत पहिलो भएको उनले बताए।
मेलमिलापबाट मुद्दाको छिनोफानो गर्ने देशका अन्य जिल्लाको अनुपात हेर्दा १५ प्रतिशतभन्दा बढी नभएको बपाइएको छ। उनले यसरी मेलमिलापबाट मुद्दाको छिनोफानो गर्नु दुुवै पक्षका लागि राम्रो भएको पनि बताए। यसरी मेलमिलाप विधिबाट छिनोफानो गर्ने प्रकृतिका मुुद्दा जिल्ला अदालतमा तीस वटा दर्ता भएका थिए।

बाँकी ६ मध्ये चारवटा विचाराधीन अवस्थामा रहेको र दुुई वटा भने मिलाउन नसकिएको कारण ती मुद्दाको अब पेशी तोकिने कार्य हुने भएको छ।

अदालतकी वैतनिक वकिल राजन चन्दले मेलमिलापबाट टुुंगो लगाइएका मुद्दामा घरेलुु हिंसा, सम्बन्धविच्छेद, अंश बण्डा र गाली बेइज्जतीका रहेको जानकारी दिइन।

उनले पहिला मुद्दा दर्ता गर्ने र पछि अदालतको प्रयासमा मेलमिलाप भइसकेपछि खुसी भएर दुुवै पक्ष घर फिर्ता हुने गरेको बताइन्। सम्बन्धविच्छेदका लागि दर्ता भएको मुद्दामा पनि मिलाएर सँगै बस्न राजी बनाउने कार्य पनि अदालतबाट भएको छ।

असार २२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्