हुम्लाका फुटबल खेलाडीका लागि खेल सामग्री सहयोग

Copy to clipboard
Copied!

सिमकोट – हाल जिल्लामा सञ्चालन भइरहेको ग्रासरुट फुटबल प्रशिक्षण गरिरहेका खेलाडीका लागि फुटबल खेल सामाग्री सहयोग प्राप्त भएको छ। गोल नेपाल डटकमले ती सामाग्री सहयोग गरेको हो।

हुम्ला फुटबल एकेडेमीका अध्यक्ष एवं प्रशिक्षक विष्णुबहादुर रावतले गोल नेपालबाट प्राप्त फुटबल सामाग्री जिल्ला आइपुगेको जानकारी दिए।

प्राप्त भएका फुटबल खेल सामाग्रीहरुमा सिमप्याट ३१ वटा, जर्सी २२ वटा, गोल किपर पन्जा ३१ वटा, फुटबल ६ वटा र झोला ३१ वटा रहेका छन्।

काठमाडौँबाट जिल्लामा आइपुगेका ती सामाग्रीमध्ये फुटबलबाहेक अन्य सामाग्रीहरु प्रशिक्षणरत खेलाडीहरुलाई वितरण गरिनेछ। यी सामाग्री प्राप्त भएपछि जिल्लाको फुटबलको विकासमा सहयोग पुग्ने विश्वास गरिएको छ।

असार २२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्