न्यायको माग गर्दै भारतको हरैया नाथामा एफ आइ आर दर्ताका लागि पुगे पिडित पक्ष

सांकेतिक तस्बिर।
Copy to clipboard
Copied!

दाङ–बलात्कार घटनाका पिडितहरुले भारतीय प्रहरीमा किटानी जाहेरी एफ आइ आर दर्ता गराउन हरैया थाना पुगेका छन । दाङ राजपुर गाउँपालिका–६ खांग्रा नाका निवासी २ जना किशोरी लाई बलात्कार र ४ जनालाई कुटपिट गरेको किटानी जाहेरी लिएर पिडित तथा आफन्त भारतको प्रहरी थाना हरैया पुगेका हुन ।

घटनास्थल भारतीय सिमा क्षेत्र भित्र परेकाले मुद्दा पनि भारतीय प्रहरीले चलाउने भएको छ । स्थानीय बासिन्दा, पिडित र खांग्रा प्रहरी चौकीका प्रमुख सहितको टोली हरैया थाना पुगेको वडा अध्यक्ष श्याम रोकाले जानकारी दिए ।

‘भारतीय प्रहरी थाना हरैयामा पुगेर किटानी जाहेरी दिन लागिएको छ’, उनले भने, ‘नाका क्षेत्रमा भारतीय नागरिकबाट लुटपाट हुने, कुटपिट हुने घटना दोहोरिन्थ्यो । तर, यसपालि बलात्कारसम्मको अपराध हुन पुग्यो । दोषि माथि हदैसम्मको कारबाहीको माग गरेका छौँ।’

भारतीय प्रहरीले घटनामा संलग्नहेको आरोपमा चार जनालाई पक्राउ गरिसकेको छ । किशोरीहरुको स्वास्थ्य परिक्षण बलरामपुर जिल्ला अस्पतालमा गरिएको छ ।

आइतबार भारतको मनिपुर बजारमा किनमेलका लागि जादै गरेका खांग्रा नाकाका किशोरीलाई पाँच जनाको समूहमा रहेका भारतीय युवाले करणी, लुटपाट र कुटपिट गरेका थिए । कतै भने ज्यान मार्ने सम्मको धम्की दिएका थिए । पिडितहरुले आफूहरु माथि भएको घटना बताएपछि बाहिर आएको हो ।

असार १३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्