रवि लामिछानेले दिए दल दर्ताका लागि आवेदन

Copy to clipboard
Copied!

काठमाडौँ – सञ्चारकर्मी रवि लामिछाने घोषणा गरेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’निर्वाचन आयोगमा दर्ताका लागि आवेदन परेको छ।

राष्ट्रिय सभामा आयोजित कार्यक्रममा नयाँ पार्टी घोषणा गरेसँगै रवि दल दर्ताका लागि निर्वाचन आयोग पुगेका हुन्।

लामिछानेले दलको चुनाव चिन्ह घण्टा प्रस्ताव गरेका छन्।

दल दर्ताका लागि आवेदन दिएपछि पत्रकारसँग कुरा गर्दै उनले पार्टीमा हाल चिनिएका अनुहार नभए पनि देशलाई चिनेका अनुहारहरु भएको उनले बताए।

निर्वाचन आयोग ऐनअनुसार आवेदन परेको ४५ दिनभित्र आयोगले आवश्यक छानबिन गरेर दल दर्ताको प्रमाणपत्र दिनेछ।

राजेश हमाल तथा अन्य केही चर्चित कलाकारहरु पार्टीमा सामेल रहने भन्ने सन्दर्भमा उनले भने, ुम त त्यस्तो हो भने उहाँहरुलाई रातो कार्पेट ओछ्याएर स्वागत गर्न जान्छु। उहाँहरु जस्तो अग्रज मेरो पार्टीमा आउनु मेरो लागि धेरै ठूलो कुरा हो।’

असार ७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्