यी हुन् रविले घोषणा गरेका पार्टीका ७ विशेषता

Copy to clipboard
Copied!

काठमाडौँ-  सञ्चारकर्मी रवि लामिछानेले आफ्नो नवघोषित दल राष्ट्रिय स्वतन्त्र पार्टीका ७ विशेषता सुनाएका छन्।

राष्ट्रिय सभागृहमा पार्टी घोषणापछि बोल्दै उनले आफ्नो पार्टीको ७ विशेषता सुनाएका हुन्।

उनले घोषणाका क्रममा दलको नाम तीन पटकसम्म उच्चारण गरेका थिए ।

घोषणाका क्रममा उनले देशभरबाट समानुपातिक भोट संकलन गर्नुपर्ने, एउटै परिवारबाट धेरैजना पदमा बस्न नपाउने लगायतका ७ विशेषता उनले बताएका हुन्।

रविले घोषणा गरेको पार्टीको विशेषताहरु :

  • प्रारम्भिक निर्वाचन
  • बहुसंख्यक युवा (५० प्रतिशत प्लस १)
  • प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री-मुख्यमन्त्री
  • राइट टु रिकल एन्ड राइट टु रिजेक्ट
  • डिजिटल डेमोक्रेसी
  • परिवारवाद निषेध
  • भ्रातृ संगठन र कार्यकर्तारहित
असार ७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्