प्रचण्ड भेट्न खुमलटार पुगे बालेन

Copy to clipboard
Copied!

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह खुमलटार पुगेका छन्।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालेन शनिबार बिहान खुमलटार पुगेका हुन्।

खुमलटार भेटघाटमा महानगरपालिकालाई विकास तथा समसमायिक राजनीतिक विषयमा छलफल भएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।

भेटघाटकाे क्रममा प्रचण्डले बालेनलाई भने, ‘तपाईंको जित बहुत ठूलो कुरा हो। क्रान्ति हो। पहिलेका मेयरहरू, स्वतन्त्रहरू कुनै एउटा पार्टीसँग लागेर अरू पार्टीलाई गाली गर्ने सिस्टम थियो। तर,  तपाईंले पहिलो पटक सबैलाई मिलाएर सहकार्य गर्ने काम गरिरहनुभएको छ। त्यो सराहनीय छ, त्यसैले हजुरलाई हाम्रो सधैंभरि साथ र सहयोग हुनेछ।’

यसअघि बालेनले  एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटघाट गरिसकेका छन्।

जेठ २१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्