मेलामा नक्कली नोट साट्दै गरेको अवस्थामा दुई जना पक्राउ

Copy to clipboard
Copied!

वीरगञ्ज – प्रहरीले पर्साको जगरनाथपुर गाउँपालिकाबाट नक्कली नेपाली नोटसहित दुई जनालाई पक्राउ गरेको छ।

प्रहरीले नेपाली नक्कली नोटसहित पर्साको बहुदरमाई नगरपालिका–८ बस्ने राजाबाबु साह तेली र पटेर्वा सुगौली गाउँपालिका घर भइ हाल बहुदरमाई–८ बस्ने अजय सहनीलाई पक्राउ गरेको हो।

जगरनाथपुर गाउँपालिका–६ मा लागेको दुर्गा भगवती मेलामा नक्कली नेपाली १ हजार दरका नोटहरू साट्दै गरेको अवस्थामा दुबै जनालाई पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता डिएसपी ओमप्रकाश खनालले जानकारी दिए।

दुबै जनाको साथबाट एक हजार दरका २० थान नेपाली नक्कली नोट बरामद गरिएको उनले बताए। पक्राउ परेका दुबै जनालाई मुद्रासम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको खनालले जानकारी दिए।

जेठ १६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्