युवकको हत्या आरोपमा बाराबाट दुई जना पक्राउ

Copy to clipboard
Copied!

वीरगञ्ज – घाँटी रेटी एक युवकको हत्या गरेको अभियोगमा बाराबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले हत्या गरेको अभियोगमा बाराको जितपुर सिमरा उपमहानगरपालिका–२० बस्ने २० वर्षीय शेख नवि आलम र २१ वर्षीय शेख सलिमलाई पक्राउ गरेको हो।

पक्राउ परेका दुबै जनाले वडा नम्बर १० बस्डिल्वा बस्ने २५ वर्षीय दिपक पासवानको हत्या गरेको प्रहरीले जनाएको छ।

गत जेठ ६ गते बस्डिल्वास्थित कठोह खोला छेउमा बालुवामा पुरिएको अवस्थामा पासवानको शव भेटिएको थियो। अनुसन्धानको क्रममा पक्राउ परेका आलम र सलिमले पासवानको घाटीमा धारिलो घरेलु हतियार खुर्पा प्रहार गरी घाटी रेटी हत्या गरेको खुल्न आएको बाराका प्रहरी प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिए।

हत्यापश्चात गाउँ छाडी फरार भएका दुबै जना अभियुक्तहरुलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा अदालतबाट सात दिनको म्याद थप गराइ कारवाही प्रक्रिया अघि बढाएको थापाले बताए।

जेठ ९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्