धनगढी उपमहानगरपािलकामा ५०० मत अगाडि हमाल

Copy to clipboard
Copied!

धनगढी – कैलालीको धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले ५०० मत सहित अग्रता कायम गरेका छन्।

हालसम्म गणना भएको ३१ सय ५३ मतमा हमालले १४ सय ७२, नेपाली कांग्रेसका नृप बहादुर वडले ७६३ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार रणबहादुर चन्दले १५४ मत प्राप्त गरेका छन्।

यता उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ७३८ मत प्राप्त गरेकी छन्। एमालेकी कन्दकला रानाले ४११ मत प्राप्त गरेकी छन्।

जेठ १, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्