बझाङकाे साईपाल गाउँपालिकामा एमाले विजयी

Copy to clipboard
Copied!

धनगढी – बझाङको साइपाल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। गाउँपालिका अध्यक्षमा एमालेका मानबहादुर बोहरा ६७५ मत ल्याएर विजयी भएका हुन । उनका प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार उज्वल बोहराले ६१३ मत ल्याए।

त्यस्तै उपाध्यक्षमा एमालेकी डोल्मा तामाङ ६७५ मत ल्याएर विजयी भएकी छिन्। उनकी प्रतिस्पर्धी बाटु बोहराले ६१९ मत ल्याइन् ।

त्यसैगरी वडा नम्बर १ मा प्यानल सहित एमालेका नरेन्द्र धामी विजयी भएका छन्। वडा नम्बर २ मा गठबन्धनबाट काँग्रेसका हरिलाल बोहरा बिजयी भएका छन्।

यस्तै वडा नम्बर ३ मा एमालेका गोरख बोहरा प्यानल सहित विजयी भएका छन्।

वडा नम्बर ४ मा गठबन्धनबाट काँग्रेसका जयसिंह रोकाया प्यानल सहित विजयी भएका छन् भने वडा नम्बर ५ मा एमालेका जयपाल बोहरा प्यानल सहित विजयी भएका छन्।

जेठ १, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्