धनगढी उपमहानगरमा गोपाल हमाल कांग्रेस भन्दा ४४३ मत अगाडि

Copy to clipboard
Copied!

धनगढी – कौलालीको धनगढी उपमहानगर पालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले सुरुवातदेखिको अग्रता कायमै राखेका छन्।

हालसम्म २ हजार ४ सय ५३ मतगणना हुँदा हमालले १ हजार १३६ मत पाएका छन्। यस्तै सत्तारुढ गठबन्धनबाट काँग्रेसका उम्मेदवार नृपबहादुर वडले ६९३, नेकपा एमालेका रणबहादुर चन्दले ११७ मत पाएका छन्।

यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ५७४ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ३८१ मत पाएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार वडा नम्बर १ बाट मतगणना सुरु गरिएको हो।

शुक्रबार भएको स्थानीय तह निर्वाचनमा धनगढीमा रहेका ९३ हजार १५१ मतदातामध्ये ६३ हजार ७१५ जनाले मतदान गरेका थिए ।

जेठ १, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्