प्रधानमन्त्री देउवाकाे गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार बिजयी

Copy to clipboard
Copied!

धनगढी- प्रधानमन्त्री शेरबहादुर देउवाको गाउँपालिका गन्यापधुराको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।

अध्यक्षमा इन्द्रबहादुर कार्की र उपाध्यक्षमा ज्ञानु सेटी देउवा विजयी भएको निर्वाचन अधिकृतको कार्यालय गन्यापधुराले जनाएको छ।

अध्यक्षमा कांग्रेसका इन्द्र कार्कीले ३ हजार १ सय ८४ मतले विजय भएका छन्।

उनका निकट प्रतिद्वन्द्वी बिपी कांग्रेसका सुरेन्द्र मालीले १ हजार ६ सय ५ मत ल्याएका छन् ।

उपाध्यक्षमा कांग्रेसकै उम्मेदवार ज्ञानु सेठी देउवाले ३ हजार १३ मत ल्याएर विजय भएकी छन्।

उनका प्रतिद्वन्दी एमालेका इन्द्र महरले १ हजार ७ सय ३ मत ल्याए।

बैशाख ३१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्