धनगढी उपमहानगरपालिकामा गोपाल हमालको अग्रता

गोपाल हमाल। फाइल तस्बिर।
Copy to clipboard
Copied!

धनगढी – सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले सुरुवाती अग्रता लिएका छन्। एक सय मतगणना हुँदा हमालले ५५ मत पाएका छन्।

यस्तै सत्तारुढ गठबन्धनबाट कांग्रेसका उम्मेदवार नृपबहादुर वडले २२, नेकपा एमालेका रणबहादुर चन्दले २ मत पाएका छन्। २१ मत बदर भएको छ। यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले लिड गरेकी छिन्।

सर्वदलीय बैठकपछि मतगणना शनिबार साढे १२ बजेदेखि सुरु भएको थियो। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार वडा नम्बर १ बाट मतगणना सुरु गरिएको हो।

बैशाख ३१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्