नेपालले आफ्ना गुटका देउवालाई मत दिने-नदिने सबैको बैठक बोलाए, निर्णायक हुने दाबी

माधव नेपाल। फाइल तस्बिर
Copy to clipboard
Copied!

काठमाडौँ-  एमाले बिद्रोही पक्षका नेता माधवकुमार नेपालले भोलि मंगलबार पार्टी एकता कार्यदलका पूर्व सदस्यहरुसहित आफ्ना गुटका नेताहरुसँग बैठक गर्ने भएका छन्।

नेपालले भोलि १२ बजेका लागि राजधानीको एक होटलमा शेरबहादुर देउवालाई विश्वासको मत दिने नदिने सबै नेताहरुलाई बैठकमा डाकेका छन्। स्रोतका अनुसार सम्भवत: त्यो पार्टी फुटाउने या नफुटाउने भन्नेमा निर्णायक बन्ने छ।

नेपालको निमन्त्रणा पाएका एक सदस्यले भने, ‘भोलिको बैठक हाम्रो गुटका लागि महत्वपूर्ण छ। देउवालाई मत दिन ठिक थियो या थिएन भन्नेमा तिखो छलफल हुने छ।  भावी रणनीति तयार गरिनेछ।’

नेपालले आज देउवालाई विश्वासको मत दिने सांसदहरुसँग मात्रै होटल अर्यालमा लामो छलफल गरेका छन् ।

संसद जोगाउन भूमिका खेलेकोमा उनले देउवालाई मत दिने २२ जना सांसदको उच्च प्रशंसा पनि गरेका छन्। यता अध्यक्ष केपी शमौ ओली पक्षीय स्थायी कमिटी बैठक च्यासलमा बसिरहेको छ।

साउन ५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्