विदेशीले चलखेल गरेका छन्, इशारा काफी छ, हामीलाई धेरै ‘एक्स्पोज’ नगराउनूः प्रचण्ड

Copy to clipboard
Copied!

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरुको गठबन्धन स्वार्थबाट प्रेरित नभएको दाबी गरेका छन्।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई पहिल्यै प्रधानमन्त्रीका लागि प्रस्ताव गरेको बताए।

यो पटकको आफूहरुको लडाईं प्रधानमन्त्रीका लागि नभएको दाबी उनले गरे।

उनले भने, ‘यो पटक नेपालमा लामो संघर्ष गरेपछि प्राप्त सविधान गुम्ने खतरा भयो। अहिले जे जस्ता चलखेल भएक छन्, त्यसविरुद्धको लडाईं हो।’

प्रचण्डले भने देशी विदेशी शक्तिहरुले नेपालको संविधान भत्काउने प्रयास गरेको पनि आरोप लगाए।

उनले भने, ‘कहाँ–कहाँ के–के षडयन्त्र भएको छ, त्यसबारे धेरै हामीलाई एक्स्पोजर नगराउनुहोस्, धेरै एक्पोजर भयो भने देशलाई फाइदा गर्दैनँ।’

प्रधानमन्त्री ओली प्रजातान्त्रिक चरित्रका नभएको प्रचण्डले आरोप लगाए।

असार १२, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्