वीरको शौचालयमा स्वास्थ्‍यराज्‍यमन्त्री अर्याल र धुर्मुसको सफाइ

Copy to clipboard
Copied!

काठमाडौ – स्वास्थ्य राज्यमन्त्री हुनासाथ मन्त्रालयकै फोहोर निकाल्न हम्मेहम्मे परेको बताउने पद्मा अर्यालयले आइतबार मुलुककै सबैभन्दा ठूलो र पुरानो वीर अस्पतालको सरसफाइको नेतृत्व लिएकी छन् ।

स्वास्थ्यमन्त्री फेरिएसँगै सरसफाइको अभियान चल्ने र सेलाउने गरेको उक्त अस्पतालमा स्वास्थ्य राज्यमन्त्री अर्यालयले केही चर्चित कलाकारलाई समेत साथै राखेर अस्पतालको शौचालयसम्म पुगेर सरसफाई गरिन्।

सञ्चारमाध्यमले फोटो र भिडियो कैद गर्नका लागि मात्रै जस्तो देखिने सरसफाई अभियान वीरका लागि दीगो हुनेमा उनी आफै विश्वस्त छैनन्। मुलुकभरका बिरामीको भिड लाग्ने अस्पताल चम्किोलो बनाउन नसकेको अवस्थामा स्वास्थ्य राज्यमन्त्री अर्यालसँगै सफाइ अभियान्ता खेम शर्मा र धुर्मुस सुन्तलीको जोडीले अस्पतालको सरसफाइमा सहयोग गरेका थिए।

खेम्स क्लिनिङ्गले थालेको एक महिने अभियानमा धुर्मुस सुन्तली फाउण्डेसनले सहयोग गरेको छ।  अभियानका लागि सहयोगी संस्थाका तर्फबाट १५ जना कर्मचारी अस्पतालमा खटाइनेछ । उनीहरुले वीरका कर्मचारीलाई सरसफाइ सम्बन्धी तालिम दिनेछन् । तर यसअघि सरसफाइका लागि करिब ४५ कर्मचारी कार्यरत रहेको अस्पताल सँधै फोहोर देखिन्छ।

सरसफाइ अभियान पहिलो १५ दिन वीर अस्पताल र बाँकी १५ दिन राष्ट्रिय ट्रमा सेन्टरमा चलाउने उनीहरुको भनाई छ । ‘यो अभियान स्वास्थ्य मन्त्रालयपछि वीर अस्पताल चलाइएको हो र त्यो मुलुकभर विस्तार हुनेछ स्वास्थ्य राज्यमन्त्री अर्यालले बताइन्।

‘हामीले ठूला ठूला काम गर्नु छ तर त्यो गर्न सानै कामबाट सुरुवात गर्नु पर्छ भन्ने मेरो मान्यता हो’, स्वास्थ्य राज्यमन्त्री अर्याल भनिन्। स्वास्थ्यराज्यमन्त्री अर्यालले मन्त्रालयनै फोहोर राख्‍ने उच्च कर्मचारीले दिएको निर्देशन मातहतकाले नमान्‍ने भएकाले राम्रो छ भने सानै कामको थालनी आफैबाट सुरु हुनु पर्ने भन्दै आउनसाथ मन्त्रालय सरसफाइको अभियान चलाएको बताएकी थिइन्।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति डा. गणेश गुरुङ्गले आफुहरुले सरसफाइलाई महत्व दिएपनि अस्पतालमा अत्याधिक भीड हुने भएकाले उद्देश्य अनरुपको काम गर्न नसकेको बताए।

बैशाख २३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्