बञ्चरेडाँडामा तनाव, प्रहरीद्वारा पाँच राउण्ड हवाई फायर

फाइल तस्वीर
Copy to clipboard
Copied!

काठमाडौँ – काठमाडौँबाट फोहोर बोकेर गएका गाडीलाई अवरोध गरिएपछि बञ्चरेडाँडाको अवस्था तनावग्रस्त बनेको छ। त्यस क्रममा प्रहरीले पाँच राउण्ड हवाई फायर गरेको छ।

फोहोर लिएर गएको गाडी अगाडि बढ्न खोज्दा स्थानीयले अवरोध गरेपछि प्रहरीले केही सेल अश्रुग्यास र पाँच राउण्ड हवाई फायर गरेको काठमाडौँ प्रहरी प्रवक्ता एसपी दिनेशराज मैनालीले बताएका छन्।

उनका अनुसार स्थानीय बासिन्दाले प्रहरीमाथि नै ढुंगामुढा गरेपछि हवाई फायर गर्नुपरेको हो।

बञ्चरेडाँडामा फोहोर लिएर गएको गाडीलाई अवरोध गर्दै स्थानीयले ढुंगा र गुलेले हानेपछि झडप सुरु भएको हो। स्थिति सामान्य बनाउनका लागि हवाई फायर गर्नुपरेको मैनालीले बताए।

साउन ३१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्